फुटबल खेलाडीलाई कोभिड-१९ परीक्षण गर्दै।

8

काठमाडौं २६ श्रावण।।। ।

राष्ट्रिय फुटबल #टिमको क्लोज क्याम्पमा बस्ने खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ ।

विश्वकप छनोटका लागि प्रशिक्षण #सुरु गर्ने तयारीमा रहेकाका खेलाडीहरुले पाटन अस्पतालमा स्वाब दिएका हुन् । सोमबार ११ खेलाडी, २ अफिसियल र १२ स्टाफ गरेर २५ जनाको स्वाब दिइएको छ । बाँकी खेलाडी र अरु स्टाफको मंगलबार स्वाब संकलन गरिनेछ ।

क्याम्पमा राखिने ३४ खेलाडीसँगै कोचिङ स्टाफ, अफिसियल, होस्टल स्टाफलगायत गेरेर ७० जनाको कोभिड-१९ परीक्षण गरिने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

सरकारले भदौ १ देखि अन्तर्राष्ट्रिय खेलको लागि प्रशिक्षण गर्न मिल्ने निर्णय गरेपछि एन्फाले खेलाडीलाई मैदान फर्काएर प्रशिक्षण गराउनको लागि तीव्ररुपमा तयारी गरिरहेको छ ।