ईशनाथमा शिक्षा शाखा प्रमुख कागजातसहित फरार

84

रौतहट २८ साउन ।।।।

रौतहट जिल्लाको इशनाथ नगरपालिकाका शिक्षा संयोजक नन्दकिशोर गुप्ता करिब २५ दिन देखि कार्यालयबाट सम्पर्क बिहिन भएका छन । असार मसान्तसम्म निमित्त प्रमुख प्रशासकिय अधिकृत भइ कामकाज गरेका गुप्ता श्रावण १ गतेदेखि एक्कासि सम्पर्क विहित भएपछि सो नगरपालिकाको शिक्षासंग संबंन्धित कामकाज प्रभावित बनेको छ । निमित्त भएको बखत कार्यालयका अति आवश्यक कागजातहरु संबंन्धित कर्मचारीलाई वा फाटमा राख्नु पर्नेमा आफ्नो नियन्त्रणमा राख्ने गरेका गुप्ता श्रावण देखि बेपत्ता भएसंगै सो कागजातहरु समेत कार्यालयमा नभेटिएको सो नगरपालिकाका अधिकृत मनिष झाले जानकारी दिएका छन । सरकारी कागजातहरु आवश्यक परेको बेला गुप्तालाइ सम्पर्क गर्दा सम्पर्कमा आउन नसकेको झा बताएका छन । गुप्ता बेपत्ता भएपछि सो कार्यालयबाट गुप्ताले विभिन्न ब्यापारीक प्रतिष्ठानहरुबाट कार्यालयको नाममा स्लिप बनाइ लाखौको सामग्री समेत लिएको खुल्न आएको छ । सदरमुकामका केही ब्यापारीहरुको पसलबाट निजि प्रयोगका लागि कार्यालयको नाममा गुप्ताले मदिरा र राशन सामग्री समेत लिएको खुल्न आएको छ । निमित्त भएको बेला आफ्नो निजि प्रयोगका लागि नन्द किशोर गुप्ताले नुन देखि सुन सम्म कार्यालयको नाममा लिएको र सो बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको श्रोतको दावी छ । त्यस्तै नन्द किशोर गुप्ताबाट मन्त्रालयले निमितको जिम्मेवारी खोसे पश्चात् गुप्ताले आफ्नो पालामा कार्यालयबाट विभिन्न बहाना बनाइ लिइएको जिन्सी सामग्री बुझाउन नगरपालिकाले पटक पटक पत्र काटे पनि सामान हिनामिना गर्ने मनसायले हाल सम्म बरबुझावत गरेका छैनन । श्रोतका अनुसार सो नगरपालिकामा निमित्त हुदा गुप्ताले ७ थान मोबाइल, ३ थान लैपटाप, सोफा, टेबल, दराज, फ्रीज, वासिङ मेशिन, कुलर, एसि, एलइडि, पर्दा, तन्ना,कार्पेट, कुर्सी, स्कुटी लगायत १५ लाख भन्दा बढीको जिन्सी सामग्री आफ्नो जिम्मामा लिएका छन । सो मध्ये १ थान हालै लन्च भएको आइफोन समेत रहेको छ ।