दोहोरो झडप हुँदा रौतहटमा १२ राउन्ड हवाई फायर

9


ललन कुमार चौरसिया
रौतहट २९ श्रावण।।
रौतहट अन्तर्गत राजपुर नगरपालिकामा भैंसी व्यापारी र प्रहरी विच दोहोरो झडप भएको छ।
झडप हुँदा १२ राउन्ड हवाई फायर भएको छ।माहामारी कोभिड १९ कोरोना भाइरसको कारण पाँच महिना देखि नेपाल भारत सीमा क्षेत्र पुर्णरुपमा सिल हुँदा कुनै पनि नागरिकलाई सिमा ओहोरदोहोर गर्न प्रतिबन्ध लगाइएका छ। तर सिमा वारिपारि हुने तस्करीको उच्च क्रममा भइरहेको छ। सिमा पारी ठूलो संख्यामा भैंसी आएका सुचना पाउन साथै नियन्त्रणका क्रममा आज दिउँसो करिब १२:४५ बजेको क्रममा भैंसी व्यापारी र प्रहरी विच दोहोरो झडप भएको थियो। प्रहरीले १२ राउन्ड हवाई फायर गरेको अवस्थालाई नियन्त्रणमा लिएका छन्।
भारत संग जोडिएका औरैया र रामपुर खापका लगायत अन्य चोर बाटो भएर व्यापारीले ५८ भैंसी नेपाल लेआउने क्रममा राजपुर नगरपालिकाको कुडिया बजार नेपाल भारत सीमा क्षेत्र भन्दा लग भग ५ किलोमिटर उत्तरमा रहेको बजार हो। राजापुर नगरपालिकाको पानी टंकी बजार जहाँ राँगा भैंसी भारतबाट तस्करी गरेर ल्यएपछि त्यो राँगा भैंसी पोखरा, काठमाडौं जस्तो मुलुकको साना ठूला शहर बजारमा पठाइन्छ।