गएराती पहिरोले वडा सदस्य विष्टको घर पुरिँदा ६ जनाको मृत्यु

12

काठमाडौं ३० श्रराव।।।

गएराति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको छ ।

कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय कालिकोटले दिएको जानकारी अनुसार मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।