धेरै विवाद पछि बौधीमाइ न. पा मा राहत बितरण

8

रौतहट , ३० साउन ।

रौतहट अन्तर्गत बौधीमाइ नगरपालिकाको वडा नम्बर १ मा धेरै दिन देखि आलोचना भइरहेको त पनि विहिबार राहत बितरण गरिएको छ। बौधीमाइ नगरपालिकाको १ का वडाअध्यक्ष गुदर राय यादवले २ महिना अगाडी नै प्रदेश सरकारबाट प्राप्त भएको सो राहत वडा कार्यालयमा नै भण्डारण गरि राखेका थिए । स्थानियको चर्काे बिरोध तथा विभिन्न सञ्चार माध्याममा राहत बितरण नगरेको भन्दै आलोचना हुन थालेपछि यादवले विहिबार सो राहत बितरण गरेका छन् । उनले बौधीमाइका बौधा र अजगैवी टोलका १०५ घर परिवारलाई राहत बितरण गरेको जनाइएको छ । प्रदेश २ बाट प्राप्त ६५ र वडा कार्यालयले थप ४० बोरा राहत संकलन गरि १०५ परिवारलाई राहत बितरण गरिएको वडा अध्यक्ष गुदर राय यादवले बताएका छन । प्रति परिवार १५ किलो चामल ,१ किलो दाल ,५०० ग्राम तेल , १ किलो नुन बितरण गरिएको यादवले जानकारी दिनु भयो ।