१ भदौ।।
कोरोनाबाट संक्रमीत भारतको उत्तर प्रदेश सरकारका गृह सुरक्षा मन्त्री चेतन चौहानको निधन भएको छ ।
भारतका पूर्व क्रिकेटर समेत रहेका चौहानको कोरोना भाइरसको संक्रमणबाट निधन भएको हो। उनी सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री थिए । उनी दुई पटक सांसद रहि सकेका छन ।
उनको ७३ बर्षको उमेरमा आइतबार दिउँसो कोरोनाका कारण निधन भएको हो।
चौहानलाइ कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि दिल्लीको गुरुग्राम मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको छ ।
उनलाई गत जुलाई १९ मा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उत्तर प्रदेशबाट लोकसभामा संसद पनि बनेका थिए ।
चौहानको अन्त्येष्टि मंगलबार हुने श्रोतले जनाएको छ ।