पाटन अस्पतालमा थप एक जना संक्रमितको मृत्यु

60

भदौ २ काठमाडौं।।।

ललितपुरस्थित पाटन अस्पतालमा उपचार गराउँदै आएका एकजना कोरोना सक्रमितको मृत्यु भएको छ ।

मृतक नवलपरासी सुस्ता पश्चिमका ३८ वर्षीय सुवाशचन्द्र गिरी हुन् । नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापतिसमेत रहेका गिरीको आज विहान मृत्यु भएको हो ।

नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो । उनी चार दिन पहिले पाटन अस्पतालमा भर्ना भएका थिए । रिपोर्टस् क्लब