रौतहटको प्रहरी नियन्त्रणमा रहेका युवकको मृत्यु

117


ललन कुमार चौरसिया।
रौतहट ११ भदौ।।।
रौतहट जिल्लाको गरुडा नगरपालिका जिंगडिय हत्याकाण्डमा कर्तव्य ज्यान मुद्दामा प्रकाउ परेर हिरासतमा रहेको रौतहटका एक युवक उपचारको क्रममा मृत्यु भएको छ।


गत श्रावण ३२ गते रौतहट जिल्लाको गरुडा नगरपालिका वाड नं. ८ जिंगडियाका २० वर्षीय निरञ्जन रामको घाँटी रेटेर हत्या गरिएको आरोपमा पक्राउ गरेको विजय राम महराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएका छन्।
हिरासतमै रहेका बेला स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि विरगंज नेशनल मेडिकल कलेजमा पठाइएको थियो।
हिरासतमा रहेका १९ वर्षीय विजय राम महराको मृत्यु भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक रविराज खड्काले भने उनको किड्नीमा समस्या रहेकोले उनलाई थप उपचारका लागि विरगंज पठाइएको थियो।
गएराति उपचारकै क्रममा उनको मृत्यु भयो।
प्रहरीले हत्याको आरोपमा विजयसहित सात जनालाई पक्राउ गरेको थिएँ। स्थानियले भने अनुसार प्रहरीले हत्याको मुख्य दोषीलाई जोगाउन निर्दोष व्यक्तिहरू उपर मुद्दा दायर गरेर चरम यातना दिएका आरोप लगाउन भयो । स्थानिय दलित समुदायको अनुसार प्रहरीकै कुटपिटबाट विजयका मृत्यु भएको स्थानीयले आरोप लगाइएका छन्।
केही व्यक्तिहरूले जोगाउन प्रहरीले घटनालाई अर्को रुप दिन्न र वास्तविक दोषाको सट्टा दलितको प्रकाउ गरेका भन्दै चार दिन अगाडी इलाका प्रहरी कार्यालय गरुडामा प्रदर्शन गरिएको थियो।
हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले शेख आजाद, अजय कुमार, रन्जन, विवेक यादव, अर्जुन राम, सिकेन्द्र पासवान र विजय महरालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएका थियो। अभिभावक र आफ्नो