साह पुजारीको हत्या प्रकरण : प्रहरीको अनुसन्धानप्रति पीडित असन्तुष्टि

60

रौतहट २० भदौ ।।।

रौतहटको माधव नारायण नगरपालिका खेसरहिया गाँउछेउको हनुमान मन्दीरका पुजारी श्रीराम साहको  हत्या प्रकरणमा पीडित परिवारले प्रहरीको अनुुसन्धानप्रति असन्तुष्टी जनाएका छन् ।

एक व्यपारीसँग लेनदेनमा व्याजको विषयमा विवाद हुँदा पुजारी साहको हत्या भएको प्रदेश २ प्रहरी कार्यालयले खुलासा गरेको थियो । 

तर, मृतक पुुजारीका भाई तथा परिवारका अन्य सदस्यहरुले प्रहरीको अनुसन्धानप्रति असन्तुष्टी जनाउँदै प्रहरी घटनाको वास्तविक तहसम्म पुुग्न नसकेको बताएका छन् ।

ब्याज र लेनदेनको बहानामा असली हत्यारालाई बचाउने काम भइरहेको छ कि भनी पिडित परिवार शशंकित बनेका छन् ।

मृतक श्रीराम साहका चार दाजुुभाई मध्येका माहिला भाई लालबहादुर साहले आफै मागेर खाने मानिसले ब्याजमा कसरी लगानी गर्छ प्रतिप्रश्न गरे ।

अर्कोतर्फ मृतक पुजारीको कसैसँग बैरभाव अथवा कुनै झगडा नभएकाले पनि प्रहरी अनुसन्धानमा पटक–पटक रामनरेस पटेलसँग झगडा भएको प्रहरीको प्रतिवेदनमाथि साहले प्रश्न उठाएका छन् । 

हत्याको आरोपमा प्रहरीले देवाही गोनाही नगरपालिका वडा १ का रामनरेस पटेल र बालकुमार पटेललाई पक्राउ गरेको छ ।

प्रदेश २ को प्रहरी कार्यालयले गत १७ गते ब्याजको बारेमा विवाद हुँदा पुजारी श्रीराम साहको रामनरेस पटेलले गोली हानेर हत्या गरेको सार्वजनिक गरेको थियो ।

रामनरेसका बाबुुलाई पुुजारी साहले ब्याजमा रकम दिएको र सोही ब्याज सम्बन्धी विवाद भएपछि गोली हानेर मारेको बताइएको छ । 

तर पुजारीका भाई लालबहादुर साह, उपेन्द्र साह, भतिज अजय कुमार साह भतिजीहरुले रातोपाटीसँग कुरा गर्र्दै प्रहरीको प्रतिवेदन नै झुटो रहेको अरोप लगाएका छन् । 

उनीहरुको भनाइ
श्रीराम साह काठमाडौँमा बसेर कवाडी खरीद बिक्री गर्दै आएका थिए । १० बर्षअघि उनको श्रीमतीलाई रोगले ग्रसित बनाएपछि उपचारको निम्ति काठमाडौँस्थित वीर अस्पताल लगेका थिए ।

केही महिनाको उपचारपछि श्रीमतीको मृत्युु भयो र उनी सोही समय अर्थात १० बर्षअघि काठमाडौँ छोडेर आफ्ना गाँउ खेसरहिया आएर जीवनको उतरार्ध बिताउन लागेका थिए ।

पुजारीको एकमात्र सन्तान छोरीको चारबर्षकै उमेरमा धेरै पहिले रोगबाट ग्रसित भई मृत्युुभइसकेको छ भने हाल उनी निसन्तान थिए ।

श्रीमतीको मृत्युुपपछि विरक्त बनेका श्रीराम साह ३ बर्षअघि आफनो अंशको ७ कठ्ठा जग्गामध्ये एक कठ्ठा जग्गा बेचेर आफनै लगानीमा गाँउछेउमै हनुमान मन्दीर निर्माण गरे ।

बिहान बेलुकी पुजा गर्ने र मन्दीर छेउमै एउटा स्यानो झुुपडी बनाएर आफै खाना बनाउने खाने र त्यहीँ बस्ने गर्थे ।

उनको अंशको ६ कठ्ठा जग्गा उनका भाइ लालबहादुर साहले बटैया साटेका थिए । उब्जनीबाट धानको सिजनमा उसको हिसाको धान र वैशाखमा गँहुु मुसुुरो मन्दिरमा पुुर्याउँदै आएको बताए ।

आफ्नो अंशको जग्गाबाट आएको अन्नले खान पुुगेको थियो । पुुजाको लागि मन्दीरमा आउने भक्तजनले चढाएको भेटीबाट काम चल्थ्यो । घटेको खण्डमा पसल पसलबाट पुजा सामग्री मागेर पुजा गर्ने र आइतबार हाट बजारबाट

तरकारी मागेर पुजारी श्रीराम साहले गुजारा चलाउने गरेको उनका भतिज अजय साहले बताए ।

जो आफै मागेर खाने उसको लगानी कहाँबाट आउँछ ?

पक्राउ परेका आरोपीहरुले हत्याको कारण गलत बताएर अन्य दोषीलाई उम्काउन खाजेको हो की भने पिडित परिवारले आशंका व्यक्त गरेका छन् ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले मृतक पुुजारीले रामनरेस पटेलका बुुबालाई ब्याजमा एकलाख रुपैयाँ लगानी गरेका थिए । एकलाखको ब्याज समेत गरी तीनलाख रुपैयाँ बताएपछि  रामनरेस पटेलले मदिरा सेवन गरेर हत्याको ३ दिनअघि पुुजारीसँग झगडा गरेका थिए ।

उसको भोलीपल्ट योजना बनाएर पटेलले गोली हानेर हत्या गरेको र अर्का आरोपी बालकुमार पटेल घटनास्थलमा सेन्टी बसेको डीआईजी सिंहले बताए ।

घटना विवरणअनुसार मृतकका भाइ लालबहादुर साहले प्रहरीमा दिएको जाहेरीमा पनि ३ लाख रुपैयाँ लिनुपर्ने उलेख छ ।

आरोपीले पनि स्वीकार गरिसकेकाले अन्य कतैबाट दवाब आएर अहिले त्यस्तो बोलेको हुनसक्ने डीआईजी सिंहले आशंका व्यक्त गरेका छन् ।

घटनामा संलग्न भई फरार रहेकाको खोजी तथा घटनाबारे थप अनुसन्धान जारी रहेको डीआईजी सिंहले जानकारी दिएका छन् ।

भदौ ३ गते माधवनारायण नगरपालिका वडा नं. २ खेसरहिया चोकस्थित हनुमान मन्दीरका ६५ वर्षीय पूजारी श्रीराम साहको कन्चटमा गोली हानेर हत्या गरिएको थियो ।

पुजारीको हत्यापछि देवाही गोनाही नगरपालिका वडा १ का वडाअध्यक्ष नुुरुलाह मिँया, राजेन्द्र पटेल, रामनरेस पटेल, बाल कुमार पटेल, कइल पटेललगायतका मानिस फरार छन् ।

वडाअध्यक्ष मिँया तत्कालीन मधेशी जनाधिकार फोरमको टिकटबाट निर्वाचित भएका थिए भने फरार मानिसहरु उनकै सेरोफेरोमा रहने मानिस भएको स्थानीयहरुले बताएका छन् ।सोत रातोपटी