सैलुन व्यवसायी मृत अवस्थामा फेला, ट्रेड युनियनको हत्या दाबी

139

काठमाडौं, २२ भाद्र ।।।

काठमाडौंमा बाराको निजगढ निवासी एक सैलुन व्यवसायी मृत अवस्थामा फेला परेका छन् । सैलुन व्यवसायीको हत्या भएको दाबी नेपाल नाई ट्रेड युनियनले गरेको छ ।

बुद्धनगरस्थित न्यू मनोकामना हेयर ड्रेसर सैलुनका सञ्चालक मृत अवस्थामा फेला परेका अन्दाजी ३५ वर्षीय अशोक ठाकुरको मुखमा रगतसमेत देखिएको थियो ।

सैलुन सञ्चालक ठाकुरको मुखमा रगत देखिएकोले हत्या नै भएकोले नाई ट्रेड युनियनले यस सम्बन्धमा अनुसन्धान गरी दोषीलाई कारबाहीको माग समेत गरेको छ ।

नाई ट्रेड युनियनका अध्यक्ष गजेन्द्र ठाकुरले सरोकारवाला पक्षसँग न्यायका लागि गुहार लगाएका छन् ।

आधा सटर खोलेको अवस्थामा लडिरहेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । प्रहरीले हालसम्म कुनै शंकास्पद अवस्था नदेखिएको दाबी गरेको छ । सोत मधेशवाणी