छायाँ नेपाल द्वारा जिल्ला बिपद व्यवस्थापनमा गरे स्वास्थ्य सामग्री सहयोग

65


लालन कुमार चौरासिया
रौतहट, २८ भदौ ।
छाया नेपालले रौतहट जिल्ला बिपद व्यवस्थापन संचालन गरेको कोरोना आइसोलेसन सेन्टर, गौरता लागि बिभिन्न स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । सो संस्थाले उक्त आइसोलेसन सेण्टरलाई १५०० वटा मास्क, १५० वटा ह्यान्ड स्यानीटाईजर, ३५० वटा मन्जन र ब्रुस, ३५० वटा झुल तथा २५ वटा बाल्टिन सहयोग गरेको हो । उक्त स्वास्थ्य सामग्री छॉया नेपालका कार्यकारी निर्देशक कमल थापाले आइतबार जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरण निधि तिवारी तथा नायक सुब्बा रामनरेश साहलाई हस्तान्तर गरे ।


बिगत ५ पाँच वर्षदेखि शिक्षा, स्वास्थ्य तथा बातावरण क्षेत्रमा विभिन्न परियोजनाहरु संचालन गर्दै आएको छाया नेपाल संस्थाले गत चैत्रदेखि सुरु भएको लकडाउन यता हालसम्म १० भन्दा बढी जिल्लाका २० स्वास्थ्य संस्था/आइसोलेसन सेन्टरहरुमा ७५०० वटा मास्क, ११५० वटा पीपीइ सेट, ७५ वटा पेसेन्ट बेडका साथै ह्यान्ड स्यानीटाईजर एवं ह्यान्ड वाशिंग स्टेसन सहयोग गरिसकेको छ ।
छाया नेपालले निर्माण गरेका केहि स्वास्थ्य केन्द्र एवं विद्यालयहरुमा आइसोलेसन एवं क्वारेंटाइन सेन्टर पनि संचालन गरिएका छन् । यसका साथै छयॉ नेपालले २१०० जनाभन्दा बढी न्यून आय भएका, अपांग तथा दलित परिवारहरुलाई खाधान्न सहयोग गरिसकेको छयॉ नेपालका रौतहट प्रतिनिधि राजेश साहले जानकारी दिए ।