४ वटा बालुवा लोड गरेको ट्रयाक्टर रौतहट प्रहरीको नियन्त्रणमा

53


रौतहट ४ असोज । रौतहट जिल्लाको उत्तरी भेगमा रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुर ४ वटा वालुवा लोड गरेको ट्रयाक्टर आफ्नो नियन्त्रणमा लिएको छ ।
रौतहटको प्रहरी चार वटा बालुवा लोड गरिदिएका टेक्टर नियन्त्रणमा लिएपछि ट्रेक्टर धनी आज नगरपालिका घेराउ गरेका छन।
असोज महिना देखि खोला बाट गिट्टीजन्य पदार्थ ओसार्न पाउने नीयम बिपरित ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बालुवा लोड ट्रेक्टर नियन्त्रणमा लिएको भन्दै ट्रेक्टरधनी आन्दोलित भएका हुन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले आज चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मोतिपुर घाट बाट बजार आउदै गरेको क्रममा बालुवा लोड गरेको टेक्टर नियन्त्रणमा लिएको हो ।

चन्द्रपुर नगरपालिकाका प्रमुख कृष्ण सिग्देल आईतबार अपरान्ह सम्म कार्यालयमा हाजिर नभएका कारण नगरपालिकाको प्राङ्गणमा रितो ट्रेक्टर राखेर बिरोध प्रदर्शन जनाएका छन् । असाढ, साउन र भदौ तीन महिना देखि नदि बाट गिट्टीजन्य पदार्थ ओसार पसार गर्न वातावरणीय हिसाबले पाईदैन तर असोज महिना लागेपछि नदि बाट गिट्टी, बालुवा ओसार्न पाईन्छ ।
अघिल्लो बर्ष समेत असोज लागेपछि गिट्टीजन्य पदार्थ ओसार्न खुल्ला भएको थियो तर यसपटक प्रहरीले अनावश्यक हस्तक्षेप गरेर ट्रेक्टरधनी लाई दुख दिएको व्यवसायीको भनाई रहेका छन् । असोज महिनामा पनि बालुवा, गिटी बोक्न नदिने हो टेक्टर व्यवस्था पलायन मात्र हैन उपभोक्ताको घर निर्माणमा समेत बाधा पुग्ने स्थानीय जनताहरूको गुनासो रहेका छन् ।