प्रहरीको अर्नगल प्रचारमा जुटे केही तस्कर समुह

81


बीरगंज ३ कार्तिक।
जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड प्रहरी उपरीक्षक गंगा पन्तले सम्हाले यता देखि पर्साको शान्ति सुव्यवस्था देखि लिएर विभिन्न अवैध गतिविधिमा व्यापक नियन्त्रण भएको देखिन्छ ।

विगतमा हुने गरेको विभिन्न अवैध धन्दालाई नियन्त्रण गर्न इमान्दार प्रयास गर्दै आएका एसपी पन्तका कमाण्डमा खटिएका विभिन्न प्रहरी अधिकृतहरुको योगदान पनि कम्ती नरहेको आम बुझाई रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको इमान्दार प्रयास पछि प्राप्त सफलता बाट अतालिएका आपराधिक मनोवृत्तिका दासहरु र अवैध गतिविधिमा संलग्न रही सरकारको राजस्व दोहनकर्ताहरु एसपीको दुहाई गर्ने र उनका मातहतका प्रहरी अधिकृतहरुको मनोबल गिराउने गरी षड्यन्त्रमा जुटेको समाचार प्राप्त हुन आएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लीका एक युवकले तस्करीको लाइन चलाउन प्रहरीलाई विभिन्न प्रलोभन देखाए पनि प्रहरीले उनका प्रस्तावलाई ठाढै अस्विकार गरेपछि यी युवकले विभिन्न पत्रपत्रिका र संचार माध्यमहरु को सहयोगले प्रहरीको अर्गनल प्रचारमा जुटेका छन् ।

प्राप्त सूचना अनुसार विगत केही समय पहिले देखि अवैध धन्दा नियन्त्रणमा सक्रिय जिप्रका पर्साले विभिन्न तस्कर कारोबारीहरुको सामानहरू नियन्त्रणमा लिइ कारवाही प्रक्रिया अगाडि बढाउने अभियानमा सक्रिय र इमान्दार भूमिका निर्वाह गरेका पर्सा क्राइम ब्राञ्चका प्रमुख प्रहरी नायब निरीक्षक रावतलाई बदनाम गराउने कार्यमा ती कारोबारीहरु हाल सक्रिय भएको जनाइएको छ ।

पछिल्ला दिनहरुमा जिल्ला प्रहरी कार्यालयको सक्रियताले ५ बर्ष देखि पक्राउ नपरिरहेको सुन बर्तमान एसपी पन्तको कार्याकालमा ठुलो परिमाणमा सुनचाँदी, लागुऔषध पक्राउ, भारत तर्फ अवैध रुपमा तस्करी गर्ने उधेशयले अवैध गोदाममा जम्मा गरी राखिएको मटर साथै भारतवाट चोरी तस्करीको विभिन्न सरसामानहरु पक्राउ गरेपछि केहि ब्यक्ति तथा समुहरुले प्रहरीको बदनाम गराउन विभिन्न हत्काड्डा अपनाउदै आईरहेका छन।

इमान्दार र कर्तव्यनिष्ट स्वभावका प्रहरी नायब निरीक्षक रावत आफु बिरुद्ध जती सुकै षड्यन्त्र गरिए पनि आफू आफ्नो कर्तव्य बाट विमुख नहुने र अपराध नियन्त्रण र अवैध कारोबार बिरुद्ध आफ्नो सक्रियता निरन्तर जारी राख्ने स्वभावका प्रहरी कर्मचारी हुन् ।