परोहा न. पा. नेकपाका मेयर प्रत्याशी अरूण जैसवाल द्वारा क्रिकेट प्रतियोगिता उदघाटन

195

ललन कुमार चौरसिया

रौतहट ११ कार्तिक।।।

परोहा नगरपालिका वडा नम्बर ८ मा आज क्रिकेट प्रतियोगिता सुरु भएको छ।

मोतीपुर युवा क्रिकेट क्लब द्वारा नकआउट टुनामेट आयोजनामा १६ ओटा टिमको सहभागी रहने छ।यो टुनामेन्टको विधिवत् रुपमा उदघाटन गरेको छ। यस टुनामेन्टको प्रमुख अतिथि परोहा नगरपालिकाको नेपाल कम्युनिस्ट पार्टीको मेयर प्रत्याशी श्री अरूण प्रसाद जयसवाल ज्यु विधिवत् रूपमा बैटिङग गर्दै उदघाटन गरेका थिए । मोतीपुर युवा क्रिकेट क्लबको अध्यक्ष बिरेश चौरसियाको अनुसार सभापतिको रूपमा परोहा न. पा. ८ का जगदेव चौरसिया सभापति गरेका थिए।

साथै यस कार्यक्रममा विशिष्ट अतिथिको रुपमा परोहा नगरपालिकाको उपमेयर प्रत्याशी( नेकपा) जगदीश प्र. पटेल,परोहा नगरपालिका वडा नम्बर ८ को वडाअध्यक्ष श्री खेदु मुखिया, परोहा नगरपालिका वडा नम्बर ८ वडाअध्यक्ष प्रत्याशी किशुनदेव प्र. साह, अतिथिको रुपमा रामविनय जैसवाल, अजय पटेल, दिपेन्द्र पटेल, भिखारी चौरसिया, अनुठा चौरसिया, रामएकवाल चौरसिया, रामु चौरसिया, सहदेव चौरसिया, लालबाबु पटेल लगायत जनप्रतिनिधि, गाउँका भरभला व्यक्ति, बुद्धिजीवी तथा समाजका जिम्मेवार व्यक्तिहरूको उपस्थिति रहेको थियो। आजको टुनामेन्टमा तेजापाकड v गौर खेलेका छन् भने गौरले १३.३ बैलमा अलआउट हुदै ७१ रनको समान्य लक्ष्य तेजापाकडका लागि दिएका थिएँ। उक्त लक्ष्यलाई पछियाउँदै तेजापाकडले दुई विकेट छतिमा १२. ३ ओभरमा जित हासिल गर्यो।