काठमाडौँ २१ मंसिर ।

भारत र अष्ट्रेलिया बिचको दोस्रो टि-२० आज सिड्नीमा हुन गईरहेको छ ।
दोस्रो टि-२० अघि अष्ट्रेलियाका फास्ट बलर मिचल स्टार्कले आफ्नो नाम र्फिता लिएका छन । उनी भारत विरुद्धको दोस्रो टि-२० मा उपलब्ध हुने छैनन् । त्यसैगरि अष्ट्रेलियन कप्तान एरण फिंच पहिलो टि-२० मा चोटि हुन पुगेका थिए । उनी पनि दोस्रो टि-२० का लागि उपलब्ध हुने सम्भावना निकै कम रहेको छ ।
त्यसैगरि पहिलो टि-२० चोटिल भएका भारतका अलराउण्डर रविन्द्र जडेजाको स्थानमा युजवेन्द्र चाहलले खेल्ने छन भने पहिलो टि-२० मा विश्राम दिएका बुमराहले पनि प्लेइङ्ग इलेवनमा मौका पाउने सम्भावना निकै उच्च रहेको छ ।
३ खेलको टि-२० श्रृखलामा भारतले पहिलो टि-२० मा जित निकाल्दैँ १-० ले अग्रता लिएको छ । यदी आजको खेलमा पनि अष्ट्रेलिया पराजित भएमा भारतले १ खेल बाँकी रहदैँ श्रृखला आफ्नो नाममा गर्ने छ ।
भारत र अष्ट्रेलिया बिचको दोस्रो टि-२० नेपाली समय अनुसार १:५५ बाट सुरु हुनेछ ।
भारतको प्लेइङ्ग इलेवन:
शिखर धवन, विराट कोहली, केएल राहुल, मनिस पांडे, संजु श्याम्शन, हार्दिक पांड्या, वाशिंगटन सुन्दर, दिपक चाहर, जसप्रित बुमराह, टि नटराजन, युजवेन्द्र चाहल ।
अष्ट्रेलियाको प्लेइङ्ग इलेवन:
म्यथ्यू वेड , एरण फिंच/डार्सी सर्ट, स्टीवन स्मिथ, ग्लेन म्याक्सवेल, मोइसीस हेनरिक्स, एलेक्स केएरी, शन एबट,मिचन स्विपशन, एन्ड्र्यू टाय, जस हजलवुड, एडम जाम्पा । सभार :- संसार न्युज