मंसिर २८ काठमाडौं।।।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानिय तह सरकार संग भएको गाडीको विस्तृत विवरण उपलब्ध गर्नका लागि पत्राचार गरेको छ ।
मङ्सिर २४ गते मन्त्रालयले नेपालका ७७ वटै जिल्ला समन्वय समितिलाई पत्राचार गर्दै सोको अन्तर्गत सबै स्थानीय सरकारलाई उनीहरु सँग भएको चारपाङ्ग्रे गाडीको विस्तृत विवरण उपलब्ध गराउन परिपत्र जारी गरेको हो ।

उक्त पत्रमा भनिएको छ ‘मङ्सिर ९ गते प्रधानमन्त्री कार्यालयबाट विभिन्न निकायमा रहेका चारपाङग्रे सवारी साधनहरुको माग भई आएकाले त्यहाँ अन्तर्गत सवारी साधन प्रयोग गर्ने पदाधिकारीहरुको नाम, पद, गाडीको किसिम र सवारी साधनको नम्बर यथाशिघ्र प्रेषित गरिदिनु हुन आदेशानुसार अनुरोध छ ।’