महासंघका अध्यक्ष गृह सचिव न्यौपाने द्वारा सम्मानित।

47


ललन कुमार चौरसिया

रौतहट २९ मंसिर ।।।

रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको जिल्ला प्रशासन कार्यालय रौतहटको उद्घाटन एवम शिल्यानस कार्यक्रमका प्रमुख अतिथि गृह सचिव महेश्वर न्यौपानेले नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रबिन्द्र प्रसाद साहलाई कदर -पत्र सहित सम्मानित गरेका छन्।
गृह सचिव न्यौपानेले आईतवार जिल्ला प्रशासन कार्यालयको सुबिधा सम्पन २ करोड ३५ लाख ९४ हजार ७३४ रूपैयाको लागतको भवन उद्घाटन गारिदै मधेसमा शान्ति सुरक्षाको विषयमा चुनौती रहेको चिन्ता ब्यक्त गर्नु भएको छ। कार्यालयको उदघाटन सँगै प्रमुख जिल्ला अधिकारीको निवासको समेत शिलान्यास गर्नु भएको हो।


कार्यक्रमको मुख्य आर्कषक नेपाल प्रहरीका माहानिरिक्ष शैलेश थापा क्षेत्री, सशत्र प्रहरी बल नेपालका माहानिरिक्ष शैलेंद्र खनाल’ राष्ट्रीय अनुुसधान विभागका निर्देशक गणेश अधिकारी, प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंह समेतको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय रौतहटको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने गोपाल प्रसाद अग्रवाललाई सम्मानित गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव् यादवले छोटो समयमा सराहनीय कार्य गरेकोमा गृह सचिव न्यौपाने धन्यवाद ज्ञापन गर्नु भयो।