रौतहटको कटहरिया ना. पामा मेयर कुशवाहा द्धारा बर्थिंग सेन्टर शिलान्यास

38

ललन कुमार चौरसिया

रौतहट ३ पुस।।।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाा मेयर सियाराम कुशवाहाले बर्थिंग सेन्टरको भवन शिलान्यास गरेकाे छ । कटहरिया नगरपालिका वडा नं ५ स्थित प्राथमिक स्वास्थ केन्द्रको हाताभित्र एकसमारोहका बिचमा शुक्रवारका दिन मेयर कुुशवाहाले बिधिवत रुपले ब्रह्ममणद्धारा मन्त्रोचारण पश्चात भवनको शिलान्यास गरिएको हुन ।
नगरपालिकाको कोष बाट कुल ९ लाख ८० हजार,३० रुपैयाको लागतमा बर्थिंग सेन्टरको लागी तिनकोठे भवन निर्माणको कुल जम्मा रकम २३, ७३,४२३ । ६१ तेइस लाख तिहतर हजार चार सय तेइस रूपैैयाँ एकसठी पैसा हुनलागेको मेयर कुशवाहाले जानकारी दिएका छन ।
केन्द्रमा बर्थिंग सेन्टर भवनको अभावमा सुत्केरी गराउन ल्याईने महिलालाई निकै कठिनाई हुनेगरेको थियो । कोठाको अभावमा कहिले काँही सुत्केरी महिलालाई टहरामा राखेर सुत्केरी गराउनु पर्ने बाध्यता रहेकोले प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाकी डाक्टर यशु मल्लले जानकारी दिएकी छिन ।
बर्थिंग सेन्टर भवन निर्माण पछी केन्द्रमा सुत्केरी गराउन आउने महिलाको समस्या समाधानहुने डाक्टर मल्लले बिश्वास ब्यक्त गरेकी छिन । प्राथमिक स्वास्थ केन्द्र कटहरियाले कटहरिया, गुुजरा,देवाहीगोनाही,फतुवा बिजयपुर लगायतका नगरपालिकाको बिरामीलाई स्वास्थसेवा दिंदै आएको छ । उक्त कार्यक्रममा कटहरिया न.पा.को वडाअध्यक्षहरु चन्दन कुशवाहा, सर्फलाल गुप्ता , कार्यपालिका सदस्य रामप्रवेश साह, नेकपा नगर अध्यक्ष याेगेन्द्र साह लगायत समाज सेविहरुकाे उलेखनीय उपस्थितिमा कार्याक्रम सम्पन्न भएको थिए ।