
नेपाल सरकार र आन्दोलनरत शिक्षकबीच ६ बुँदे सहमतिमा हस्ताक्षर गरिएको छ । तीन दिनदेखि काठमाडौँ केन्द्रित बनाइ आन्दोलन गरिरहेका शिक्षक र सरकारबीच गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा भएको छलफलपछि सहमति जुटेको छ । उक्त सहमतिमा राहत शिक्षकहरूले भने असहमति जनाएका छन्।




