विश्वकप अघि भारतलाई झट्का, अक्सर पटेल खेल्न नसक्ने

काठमाडौँ । क्रिकेट विश्वकप अघि भारतलाई ठुलो झट्का लागेको छ । विश्वकप टिममा समावेश भएका अलराउन्डर अक्सर पटेल विश्वकपमा खेल्न नसक्ने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अक्सर विश्वकप खेल्न नसक्ने भएपछि उनको ठाउमा आर आश्विनलाई टिममा समावेश गरेको छ ।

अक्सर एशिया कप अन्तर्गत बांग्लादेश विरुद्धको खेलमा घाइते भएका थिए । यसअघि भारतले अक्सरलाई इन्जुरी ठिक भएमा खेल्न सक्ने भन्दै टिममा समावेश गरेको थियो । आश्वीन यसअघि २०११ र २०१५ को विश्वकप खेलेका अनुभवी स्पीनर हुन् ।

भारतले अक्टोबर ७ मा अस्ट्रेलिया विरुद्ध खेल्दै विश्वकपको शुरुवात गर्दै छ ।

भारतको विश्वकप टोलीः रोहित शर्मा (कप्तान), हार्दिक पाण्डेय (उपकप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज, कुलदीप यादव, मोहम्मद शामी, रविचन्द्रन अश्विन, इशान किशन र सूर्यकुमार यादव । स्रोत :- खरीबोट

ताजा समाचार

Related Articles