प्रहरी द्वारा अवैध दश बोरा पटाखा पक्राउ गरी नष्ट

रौतहट प्रहरिले अवैध दश बोरा पटाखा पक्राउ गरी नष्ट गरिएको छ

रौतहट, २७ कार्तिक । रौतहटमा प्रहरी द्वारा १० बोरा अवैध पटाखा पक्राउ गरी नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी चेकजाँच टोली गस्ति गर्दै जाने क्रममा विभिन्न मिति र भारतीय नाकाबाट अबैध रुपमा चोरी पैठारी गरी नेपाल तर्फ ल्याउँदै गरेको १० बोरा अवैध पटाका बरामद गरीएको थियो ।
बिभिन्न किसिमको पडाकाहरु १० बोरा फेला पारी आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालयमा दाखिला गरेकोले उक्त अबैध पटाका स्थानिय भद्रभलादमी संचारकर्मी तथा प्रहरीको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा समाचार

Related Articles