मैन बत्ती बालेर बलिदान दिवस मनाएं गौरमा

940

ललन चौरसिया

रौतहट माघ ५ ।

रौतहटको सदरमुकाम गौरको मधेशी क्रान्ती चौकमा बलिदानी दिवसको अवसरमा आयोजित मैनवति प्रज्वलन तथा कोण सभा सम्पन्न भएको छन् ।

बिद्यार्थी नेता ओम प्रकाश मधेशियाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता, उपप्रमुख किरण ठाकुर र समाजवादी पार्टीको नेता रेवन्त झा लगयातका दर्जनौं बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

मधेशवादी दलले प्रत्येक वर्ष माघ ५ गते मधेशका सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाउँदै आएका छन्।मधेश आन्दोलनका शहीदहरुको सम्झनामा आज (माघ ५ गते) प्रदेश नम्बर २ को प्रत्येक जिल्ला विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाइएको छ ।

प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको सम्झनामा मधेश केन्द्रित दलले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउदै आएका छन्