पूर्वमन्त्रीलाई १३ वर्ष जेल सजाय, यी हुन् ११ देखि १३ वर्षसम्म जेल सजाय पाउने

265

काठमाडौं २३ माघ।।।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो (बुधबार) ललिता जग्गा प्रकरणमा जोडिएका एक सय ७५ जनामाथि ९ करोड ६५ लाख ७६ हजार बिगोसहित ११ वर्ष देखि १३ वर्षसम्म कैद सजायको माग गदै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले भ्रष्टाचार मुद्दामा नेपाली कांग्रेसका उपसभापति एवम् पूर्वमन्त्री विजयकुमार गच्छदारदेखि पूर्वमन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र छविराज पन्त तथा तत्कालिन सचिवहरु दीप बस्न्यात र दिनेशहरी पन्तबिरुद्ध पनि मुद्दा दायर गरेको छ ।

एक करोडभन्दा बढी भ्रष्टाचार गरेको अवस्थामा आठदेखि दश वर्षसम्म कैद सजाय हुने र सार्वजनिक पदमा बाहल रहेर उक्त कसुर गरेमा थप तीन वर्ष सजाय हुने भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ अनुसार गच्छदारविरुद्ध ११ देखि १३ वर्षसम्म कैद सजाय माग गरिएको अख्तियारले जनाएको छ । यसैगरी पूर्व भूमि सुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठविरुद्ध पनि गच्छादारकै जति ११ देखि १३ वर्षसम्म कैद र ९ करोड ६५ लाख ७६ हजारविरुद्ध सात करोड ८ लाख ४७ हजार बिगो माग दाबी गरिएको छ । यस्तै छविराज पन्त लाई पनि ९ करोड ६५ लाख ७६ हजार जरिबानासहित ११ देखि १३ वर्ष कैद सजायको मा गरिएको छ । पूर्वसचिव दिप बस्न्यातमाथि पनि मन्त्रीहरु सरहकै ११ देखि १३ वर्ष कैद र ९ करोड ६५ लाख बिगो सजाय माग गरिएको छ । अर्का सचिव दिनेशहरि अधिकारीले ७ करोड आठ लाख ४८ हजार बिगो र ११ देखि १३ वर्षसम्म कैद सजाय माग गरेको छ ।

त्यस्तै आयोगले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई जग्गा धनीका रुपमा ११ करोड र सरकारी जग्गा कमिसनका रुपमा बकस लिएकोमा ३९ करोड बिगो मागदाबी गर्दै मुद्दा दुई वर्षसम्म कैद वा सोही अनुसारको जरिबाना गरी बिगो माग गरेर मुद्दा दायर गरेको छ ।
यस्तै ललिता निवास जग्गा प्रकरणका मुख्य नाइके शोभाकान्त ढकालसँग ३९ करोड २७ लाख र रामकुमार सुवेदीसँग ५२ करोड ५१ लाख रुपैयाँ माग दाबी गरेको छ ।

द नेपालटप