हजारौ लिटर अबैध मदिरा नष्ट

127
facebook sharing button

असार २८ रौतहट।।। ।।।।

रौतहट अन्तर्गत चन्द्रपुर नगरपालिका ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले हजारौ लिटर घरेलु मदिरा नष्ट गरेको छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बिभिन्न स्थानबाट बरामद गरेको करिब दुई हजार ५ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । आईतबार विहानै एक कार्याक्रमका बिच पत्रकार,जनप्रतिनिधी लगायतको उपस्थितमा उक्त घरेलु मदिरा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभएको छ । लकडाउनका कारण रोकिएको मदिरा ओसार पसार गर्ने काम लकडाउन खुकुलो भएसँगै फेरी शुरु भएको छ । जिल्लाको पच्छिमी र उतरी भेगको विभिन्न गाउँमा उत्पादित घरेलु मदिरा चारैतिर विक्रि वितरण हुँदै आएको छ ।