रौतहट जिल्लामा दुुई नदीको कटानले सिम्री गाँउ नै जोखिम

85


रौतहट ९ श्रवण ।।।।।

रौतहट जिल्लाको दुुई नदीको तिब्रकटानले रौतहटको उतरीभेग गुुजरा नगरपालिका वडा ३ सिम्री गाँउनै जोखिममा परेको छ ।
पुुर्वमा धन्सार खोला र पश्चिम लालबकैया नदीको तिब्रकटानले सिम्रीगाँउ कटानको उच्च जोखममा परेको छ भने गाँउलेहरु त्रसित भएर रातभरी जाग्रम बस्न बाध्य बनेका छन।
गत आईतवार देखीको अबिरल बर्षा संगै लालबकैया नदी र धन्सार खोलामा आईरहेको बाढीले सिम्री गाँउछेउको पचास बिगहा भन्दा बढी खेतीयोग्य जग्गा कटान गरीसकेको छ ।
स्थानिय ज्ञान बहादुर लामा,जयबहादुर माझी,सुनिल माझी,बिष्णुु माझी,हिरामान माझी,कृष्ण माझी,लगायत १८ जना किसानको धान मकै लगाएको ५० बिगहा भन्दा बढी जग्गा कटान भईसकेको स्थानिय समाजशेवी रामबहादुुर लामा अन्तरेले जानकारी दिएका छन ।
 अबिरल बर्षा संगै धन्सार खोला र लालबकैया नदीमा आईरहेको बाढीले सिम्रीगाँउको कछडिया टोल र लामा टोलका एकदर्जन बढी घरमा समेत क्षती पुर्याईरहेको समाजशेवी लामाले जानकारी दिएका छन।
घर बस्ती नजिकै दुुबै तर्फको नदीको बहाव भएकाले कुन बेला कस्को घर कटान गर्छ बगाउँछ भने डरले गाँउलेहरु रातभरी जाग्रम गर्नुुपरेको स्थानिय बिष्णुु माझीले दुुखेसो पोखेका छन ।
चारैतर्फ जंंगलको बिचमा रहेको र तिनतीर बाट नदीले घेरेको दुुईसय ८० घरधुरी रहेको सिम्री गाँउका पछिलो एकमहिना देखी गाँउलेहरु त्रासमा रहेका छन ।
प्रायं. सबै परिवार ज्याला मजदुुरी तथा धेरथोर खेती गरेर गुजारा चलाईरहेका सिम्रीबासीको एकैपटक ५० बिगहा जग्गा खोलाले कटान र केही जग्गामा बालुवा समेत पुरेकाले बाँच्ने आधारनै गुमेको अर्का समाजसेवी तथा नेकपाका एकजना नेता काजीमान माझीले बताएका छन।
बर्षायाममा बाढीकै कारण सिम्रीबासीको रौतहट संग संबन्ध टुुटने गर्दछ । गाँउदेखी पुर्व पश्चिम,दक्षिण खोलाले घेरेकाले गुुजरा लगायत रौतहट आउन सकिँदैन । लगातार ३ महिना बाराको निजगढ बजार बाटनै सबै किनमेल गर्नुु पर्ने बर्षैको बाध्यता रहेको उनले जानकारी दिएका छन।
सिम्रीबासीको यत्रो ठुुुलो समस्या हुँदापनी राज्यस्तर बाट औपचारिक निरिक्षण गर्न समेत कोही नआएको नेता माझीले गुनासो गरेका छन ।
उता अबिरल बर्षा संगै पटक पटक आईरहेको लालबकैया नदीको बाढीले तेजापाकड नजिक तिब्ररुपमा तटबन्ध कटान गरीरहेको छ ।
त्यसैगरी बागमतीको बाढीले बसतपुर र ब्रह्मपुुरी गाँउ नजिक स्पर र तटबन्ध तिब्ररुपमा कटान गरीरहेको छ ।
दुुबै स्थानको कटान नियन्त्रण नभएमा ठुुलो क्षती हुनसक्ने स्थानियहरुले बताएका छन
 बागमती लालबकैया नदी नियन्त्रण कार्यालय परवानीपुर बाराका प्रमुख राजकुुमार श्रिवास्तवले ब्रह्मपुरी,बसतपुर,र तेजापाकड कटान क्षेत्रमा बाँस पाईलिंग सहीत नियन्त्रणको काम भईरहेको जानकारी दिएका छन ।
गुुजरा नगरपालिका ३ सिम्रीगाँउको कटान निरिक्षण गर्न प्राविधिक टोली गईसकेकाले आजै भोलीमा  नदी नियन्त्रणको काम सुुरुहुने प्रमुख श्रिवास्तवले जानकारी दिएका छन ।