वीरगंजका निजि अस्पतालहरूले धाउदाॅ धाउदैं २० बर्षिय महिलाको मृत्यु ।

61

श्रावण २४, वीरगंज । हिजो राति वीरगंजमा एक बिरामीलाई कुनै निजि अस्पतालले भर्ना नलिन मने पछी उपचार अभावको कारण उनको मृत्यु भएको छ ।
वीरगंज वाड न.२ कि २० बर्षिय एक महिलालाई वीरगंजका निजि अस्पताल एडभान्स अस्पताल , तराई अस्पताल , भवानी अस्पताल , ब्योधा अस्पताल , लगायत नेशनल मेडिकल कलेजले भर्ना लिन न माने पछि उन्को ज्यान गएको हो । अन्तिम समयम नारायणी अस्पताल लगिएकोमा वीरगंज हेल्थ केयरमा रेफेर गरिएको तर सो अस्पताल पनि कोभिडको पेसेन्ट मात्र लिने भनेर फर्काएकोले उपचार अभावमा उनको ज्यान गएको बिरामी सगै रहेका संचारकर्मि अजित भुजेलले जनाएका छ्न ।


त्यस पछि विरामिका आफ़न्त्ले जनता समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमदको सहयोगमा डा. उदय सिंह सङ्ग सम्पर्क गरि बिरामीलाइ गण्डक अस्पतालमा पुर्याईयो तर अन्तिम अवस्थामा गण्डक अस्पतालले राती मृत्य घोषणा गरेको थियो ।
२ दिन अघि पनि विरगंजकों नेशनल मेडिकल कलेजमा भर्ना लिन नमाने पछि एक बिरामिकों मृत्यु हुँदा अस्पताललाइ कार्यवाही गर्ने कुरा प्रशासनले गरे पनि अहिले सम्म केही गर्न सकेका छैनन । पब्लिक न्युज