बारा र पर्सा मा गरि थप ४७ जना मा कोरोना संक्रमण पुष्टि भएको छ ।

101

बारा ३२ श्रावण ।।।।

नारायणी अस्पतालको ल्याबमा गरिएको परिक्षणमा थप ४७ जना मा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये २ जना बारा का र ४५ जना पर्साका रहेका छन् ।नारायणी अस्पतालले शनिबार सार्वजनिक गरेको विवरण अनुसार बारा का दुई जना मध्ये कलैया उपमहानगरपालिका वडा न १ का एक जना ६० वर्षीय पुरुष र महागढीमाई नगरपालिका वडा न. ५ कवहीका एक जना ४० वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै पर्सा मा ४५ जना मध्ये पोखरिया नगरपालिकामा १२ जना त्यस्तै पर्सागढी नगरपालिकामा २ जना, बिन्दबासिनी गाउँपालिका,बहुदरमाई नगरपालिकामा एक -एक जनामा कोरोना सङ्क्रमण देखिएको छ । बीरगञ्ज महानगरपालिकामा पर्ने परवानीपूर, पनटोखा, र इनर्वा जस्ता क्षेत्रमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।यस्तै, नारायणी अस्पताल, नारायणी बयोधा अस्पताल र प्राइम फर्मास्युटिकल कम्पनीका कर्मचारीमासमेत सङ्क्रमण देखिएको छ ।