रौतहटमा २४ घण्टा न बितदा लाखौं रकम सहित दुई जना पक्राउ।

84

रौतहट जिल्लाको इशनाथ नगरपालिकामा विहिबार हण्डी कारोबारी २८ लाख ५० हजार सहित समातेको थियो। सशस्त्र प्रहरी रौतहटका टोलीले २४ घण्टा नबितिदा लाखौं रुपैयाँ सहित अर्को एक हण्डी कारोबारी पक्राउ परेको छ।

लकडाउन जारी भए संगै भारतबाट नेपालमा हण्डी कारोबारीको धेरै दिन देखि विगविगी बदेको स्थानीय गुनासो पछि पछिल्लो समयमा सशस्त्र प्रहरी तातेको छ।

सशस्त्र प्रहरी बल ११ नम्बर गणबाट प्रहरी नायब उपरीक्षक नरेश भण्डारीको नेतृत्वमा गस्ती टोलीले इशनाथ नगरपालिका वडा नं ९ लवतना टोलमा जाँचबुझ गर्ने क्रममा ६ लाख ४० हजार रूपियाँ सहित एक कारोबारी पक्राउ परेका छन्। नायब उपरीक्षक भण्डारीको कमाण्डमा गएको टोलीले इशनाथ नगरपालिका वडा नं २ औरैया टोलमा बस्ने लक्ष्मण साहको छोरा अन्दाजी १७ वर्षीय मनोज साहले हेल्मेट भित्र लुकाइ ल्याइरहेको क्रममा पक्राउ गर्न सफल भएको हो।

मनोज साहको तिबर गतिमा चलाइरहेको बाइक बि. आर. ३० टि ९२०८ नम्बरको भारतीय स्पेलेन्डर मोटरसाइकल चेकजाच गर्दा साह पक्राउ परेका हुन्।

साह संग पक्राउ परेको ६ लाख ४० हजार रूपैयाँ मोटरसाइकल सहित पक्राउ परेको हुन्। साहलाई कारवाहीका लागि गौर भन्सार पठाइएको हो। सशस्त्र प्रहरी नायव उपरीक्षक भन्डारीले बताएं।

पछिल्लो समय अनुसार सशस्त्र प्रहरीले सादा पोसाकको टोली खटाएपछि सिमा वर्ती नाका बाट अवैध तस्करी कारोबार गर्नेहरूमा डरको हडकम्प भएको छ।