चाँदी खोलामा डुबेर एक पुरुषको शव बरामद।

61


ललन कुमार चौरसिया।
रौतहट २० भदौ ।
रौतहट जिल्लाको गरुडा नगरपालिका वाड नं २ मा आज बिहान एक पुरुषको शव फेला पारेको छ।

स्थानीय रामचन्द्र सहनीको छोरा बर्ष ५५ को जगदीश सहनीको चाँदी खोलामा डुबेर मृत्यु भएको छ। शुक्रबार देखि बेपत्ता भएका सहनीको शवलाई गाउँलेहरू देखे पछि प्रहरीलाई जानकारी दिएका थिएँ।


मानसिक सन्तुलन ठीक न रहेकोले डुबेर मृत्यु भएको गाउँलेहरूको भनाई छ।
घटना स्थलमा ईलाका प्रहरी कार्यालय गरुडाको टोली गएर शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर लेजाने तयारी भइरहेको वडाअध्यक्ष विष्णुदेव सहनीले जानकारी दिएका छन्।