बर्दियाका कोरोना संक्रमीत वडा अध्यक्षको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु

40

बाँके ७ असोज।।। ।।

जिल्लामा थप एक जना कोरोना संक्रमीतको मृत्यु भएको छ । बर्दियाका कोरोना संक्रमित ३९ बर्षीय पुरुषको आज भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो ।

श्रेष्ठका अनुसार ती संक्रमितको विहान साढे १० बजे मृत्यु भएको हो ।

यो संगै बाहिरी जिल्लाबाट बाँकेमा आएर उपचारका क्रममा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

श्रोतका अनुसार मृतक बर्दिया जिल्लाका बाराबर्दिया गाउँ पालिका वडा नम्बर ३ का वडा अध्यक्ष हुन ।