नेपाल – भारत उडान पुनः पुस २ देखि सञ्चालनमा

51

काठमाडौं २६ मंसिर।।।

नेपाल–भारत उडान पुनः सञ्चालन हुने भएको छ । आउँदो पुस २ देखि नेपाल–भारत दुई देशले ‘एयर बबल’ नीतिका आधारमा उडान सञ्चालन गर्ने सहमति गरेका नेपाल स्थित भारतीय राजदूतावासले जनाएको हो।

निगमको अनुसार हरेक दिन काठमाडौँ देखि दिल्लीसम्म हुने अन्तर्गत पहिलो उडान निगमले नै गर्नेछ र भारतको तर्फबाट एयर इन्डियाले नेपाल उडान गर्नेछ ।

उडानको योजना अन्तर्गत नेपाली वायु सेवाले नेपाली र भारतीय वायु सेवाले भारतीय नागरिकलाई मात्र सेवा उपलब्ध गराउनेछन् ।

नेपालस्थित भारतीय राजदूतावासले सुचना जारी गर्दै,”दुबै सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ अन्तर्गत दिल्ली र काठमाण्डौ बीच नियमित निर्धारित उडान पुनः सुरु गर्न अनुमोदन गरेको जानकारी गराउन पाउँदा खुसी लागेको छ । एयर इण्डिया र नेपाल एयरलाइन्सले यी दैनिक उडानहरू सञ्चालन गर्नेछन्।”