वर्तमान नेकपा सरकार किसान विरोधी , भ्रस्टचारी र अपराधी समरक्षक हो प्रकाश भाई मधेशिया

51

रौतहट ,४ पुस। तत्कालिन समाजवादी पार्टी नेपालका विधार्थी संगठन समाजवादी विधार्थी फोरमका रौतहट जिल्ला अध्यक्ष भइ कार्य गर्दै आएका र हाल काम गर्ने शिलसिलामा विदेश अमेरिकामा बस्दै आएका युवा नेता प्रकाश भाई मधेशिया संग नेपालको वर्तमान राजनीतिक अवस्था , किसानको समस्या प्रति सरकारको कार्य लगायत प्रदेश र स्थानीय सरकारको जनता र भौतिक पूर्वाधार विकासको सम्वन्धमा पत्रकार राकेश यादवले गरेको संक्षिप्त कुराकानी !

  • नेपाल सरकारको कार्य कस्तो देखि राख्नु भएको छ ?
    नेपाल सरकार वर्तमान अवस्थामा गरिदै आएको कार्य जनताको जनभावना विपरित रहेको छ ! आफ्नो कुर्सि जोगाउने खेलमा बढी केन्द्रित भएको देखिएको छ ! संविधानले गरेको परिकल्पना र जनमतको कदर न गरि जनतालाइ शोषण गर्ने र भ्रस्टाचारको बढावा तथा अपराधीको संरक्षण गर्ने जस्ता कार्यमा नेकपा सरकार बढी केन्द्रित भएको देखिएको छ ! हत्या ,हिंसा ,बलात्कारका घटना यो सरकारको पालामा बढी भएको छ भनि न्याय पाउन संघर्ष गर्नु पर्ने बाध्यता समेत आम नेपाली नागरिकलाइ झेल्नु परेको छ जुन नेपालको लागि दुर्भाग्य रहेको छ !
  • नेकपा नेतृत्वको सरकारले किसानको लागि के कस्ता भूमिका निर्वाह गरेका छन् ?
    नेपाल एउटा कृषि प्रधान देश हो र किशन मुलुकको मेरुदण्ड रहेको छ , तर यो सरकार गैर जिम्मेवार देखिएको छ ! किसानले उत्पादन गरेको धानबाली , तेलहनबालि , नगदे बालि र तिरेको करले मौज मस्ती गर्ने सरकारका मन्त्रिहरु आज किसान आफ्नो मिहनेत गरेको बालिको भुक्तानीको लागि भुख प्यास समेत त्याग गरि राजधानीमा हप्ता देखि आसु बगाई रहेका छन् तर निर्लाज सरकारले चिनी उद्योगका संचालक माथि ठोस कार्यवाही गर्न नसकी आफ्नो दायित्वबाट पन्छिएकोले वर्तमान सरकार किसान विरोधी रहेको मेरो ठहर छ !
    तपाई एउटा युवा हुनु हुन्छ अहिले नेपाल संघीय गणतन्त्रमा गईसकेका छन् तिन तहका सरकारले युवा को लागि के के गर्न सकेका छन् ?
    म लेपालमा संघियताको स्थापनाको लागि भएको संघर्षमा अहम भूमिका निर्वाह गरेको छु भविष्यमा संघियता जोगाउन पनि लड्ने तयार रहेको छु ! नेकपा सरकारले आन्दोलन र संघर्षबाट प्राप्त भएका संघियतालाइ समाप्त पार्ने सड्यन्त्र गरिरहेका छन् जो कुनै पनि हालतमा सफल हुदैन ! नेपालमा व्यवस्था परिवर्तन भए पछि सोच र शासक बर्व उही नै भएकोले युवाहरु बाध्य भएर विदेशिनु परेको अवस्था रहेको छ ! नया नेपालमा परिवर्तन भएको भए पनि युवाहरुलाई नेतृत्वबाट तिनै तहका सरकारले बन्चित गरेका छन् , स्वदेशमा काम गर्ने युवाहरुको सोच रहेपनि सरकारले रोजगारीको अवस्था सृजना गरेको छैन , नेतृत्वमा पहुच हुन् दिएका छैन , सधै आफ्नो अनुकुल राजनीतिक दलका नेताहरुले युवाहरुलाई बेला बेलामा प्रयोग गर्ने गरेको पाइएको छ जुन युवाहरुको लागि दुखद रहेको छ !
  • प्रदेश सरकार र स्थानीय सरकारको विकास निर्माणको कार्यहरु कस्तो देखिनु भएको छ ?
    वर्तमान सरकारले प्रदेश सरकारलाइ पूर्ण रुपमा अधिकार नदिई विभेद पूर्ण कार्य गर्दै आएकोले प्रदेश २ सरकारलाइ कार्य गर्न अप्ठ्यारो भैरहेको छ भने आफ्नो अधिकार सुनिश्चितको लागि प्रदेश सरकार लडाई जारी रहेको सर्वविदितै रहेपनि समग्र रुपमा पहिलेको तुलनामा प्रदेश सरकारको कार्य सराहनीय रहेको छ ! प्रदेश २ सरकारले छोरीहरुको लागि ल्याएको बेटी बचाऊ बेटी पढाउ योजना सवै भन्दा लोकप्रिय रहेको छ ! संघीय सरकारले संविधानले दिएको अधिकार पूर्ण रुपमा प्रयोग गर्नबाट बन्चित गर्ने रणनीति लिएकोले सरकारलाइ जनताको आकांक्षा अनुसार कार्य गर्न कठिनाइ भैरहेको छ ! आफ्नो शासन प्रसाशन नभए सम्म प्रदेश सरकार बलियो हुन् नसक्ने अवस्थामा रहेको छ ! प्रदेश सरकारले केन्द्रिय सरकारको कर्मचारीको आशमा कार्यगर्दै आइरहेको र संघीय सरकार प्रतिनिधिले समय हाजिर नहुनु भएर पनि कार्य नगर्नु सरकारलाइ असफल बनाई संघियता समाप्त पार्ने सड्यन्त्र गरिरहेको हुदा विकास निर्माणका कार्य ,रोजगारीका कार्य तिव्र गति लिन नसकेको हो भने स्थानीय तहमा सत्ताधारी दलका बढी नेतृत्व भएको तहमा विकास भन्दा बढी भ्रस्टाचार हुने गरेको पाइएको छ ! स्थानीय तहले गर्नु पार्ने विकास निर्माणको कार्य पारदर्शी ढंगबाट देखिएको छैन , विश्वभरी फैलिएको कोरोन महामारीमा पनि संघीय सरकार र स्थानीय सरकारले जनतालाइ सास्ती दिएको अनियमित खर्च गरेको छ जुन सवैलाइ जानकारी भएको कुरो हो !
  • स्वदेशमा बसेर जनता र समाजको लागि काम गर्नु पार्नेमा तपाई अमेरिका किन जानु भो ?
    म स्वदेशमा बस्दा समाज र मुलुकको लागि लडाई लडेको थिए र आज अमेरिकामा हुदा पनि आफ्नो गाउ समाज देशको चिन्ताले सताई रहेको छ ! भन्ने ले त् अमेरिका घुम्नको लागि गएको हो तर म घुम्न होइन अध्यन र अनुभव ग्रहण गर्नको लागि स्वदेश बाट विदेश गएको छु मेरो संघर्षको स्वरुप मात्र परिवर्तन भएको छ ! वर्तमान अवस्थामा जनताको लागि सक्षम नभएकोले भूमिका निर्वाह गर्न सकिएन योग्य र सक्षम बन्नको लागि विदेशिएका हुन् पछि स्वदेश फर्केर जनताको सेवामा लागिने विश्वास दिलाउन चाहन्छु !