प्रहरीद्वारा घरेलु मदिरा बनाउने भट्टी गरे नष्ट।

56

रौतहट १७ माघ।
रौतहट जिल्लाको सदरमुकाम गौरस्थित सवगढामा अबैध घरेलु मदिरा भट्टी शनिबार नष्ट गरेको छ । विशेष सूचना अधारमा रौतहट प्रहरी कार्यालय र मातहत अस्थायी प्रहरी पोष्ट बसपार्कबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले रौतहट गौर नगरपालिका सवगढामा अवैध रुपमा सञ्चालन गरेको घरेलु मदिरा बनाउने २ वटा भट्टी फुटाई नष्ट गरेको हो । सोही भट्टीमा रहेकामे कच्चा पदार्थ अन्दाजी ५०० लि. पोखाई नष्ट गरेको , २ थान ड्रम समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । त्यसैगरि रौतहटको कटहरिया नगरपालिका वडा नं. ९ डुमरिया स्थितमा मदिरा बनाउने भट्टी सञ्चालन गरेको भन्ने सूचनाको आधारमा प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय कटहरीयाबाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा बनाउने भट्टी फुटाई कच्चा पदार्थ अन्दाजी २०० लि. पोखाई नष्ट गरेको बताइएको छ । सोही स्थानबाट मदिरा बनाउने मेसिन १ वटा , फलामको ड्रम २ वटा, मिठा २० किलो बरामत गरेको प्रहरीले जनाएको छ । त्यसैगरि जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय, राजपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले रौतहटको राजपुर नगरपालिका वडा नं.५ स्थितमा अवैध घरेलु मदिरा बनाउने २ वटा भट्टी फुटाई, तयारी मदिरा अन्दाजी २० लि., कच्चा पदार्थ अन्दाजी ४०० लि., पोखाई नष्ट गरी, मदिरा बनाउने २ वटा मेशिन, ४ वटा ठुलो ड्रम समेत गरी जम्मा ५ वटा घरेलु मदिरा बनाउने भट्टी फुटाई, तयारी मदिरा अन्दाजी २० लि., कच्चा पदार्थ अं.११०० लि., पोखाई नष्ट गरी, मदिरा बनाउने मेशिन ३ वटा, मिठा २० किलो, ठूलो ड्रम ६ वटा र फलामको ड्रम २ वटा बरामद गरी कार्यालयमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।