कोरोनाका कारण धनुषामा दुईजना खेलकर्मीको निधन

13

धनुषा,२ जेठ । विश्व महामारीका कोभिड १९ कोरोनाका कारणले धनुषामा दुईजना खेलाडीको ज्यान गुमाएका छन्भ । क्याकोसिन कराँते प्रदेश २ का अध्यक्ष तथा प्रशिक्षक बैजनाथ यादवको उपचारका क्रममा गएराती काठमाण्डौमा ज्यान गएको सितोरियो कराँतेका अन्र्तराष्ट्रिय निर्णायक तथा धनुषाका कराँते प्रशिक्षक बिरेन्द्र कर्णले तराई एक्सप्रेसलाई जानकारी दिएका छन् । त्यस्तै कोरोनाका कारण भलिबलका पुर्व राष्ट्रिय खेलाडी बिनोद मण्डलका ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउने खेलाडीको परिवारका लागि राष्ट्रिय खेलकुद परिषदले सक्दो सहयोग गर्न पहल गर्ने परिषदका सदस्य मानदेव हजाराले जानकारी दिएकाछन् । सभार :- तराई एक्सप्रेस