थप ६६४८ जनामा संक्रमण मुक्त,१४५ जानले ज्यान गुमायो

153

काठमाडौँ २ जेष्ठ :

नेपालमा आइतबार ७ हजार ३ सय ६८ जना कोभिड संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९ हजार ५३९ नमुनाको परीक्षण गर्दा ७ हजार ३ सय १६ जना र ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण देखिएको छ ।

काठमाडौं उपत्यकामा मात्र २ हजार ६ सय ९  जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  काठमाडौँमा १ हजार ८८१ जना, ललितपुरका ४३६ जना र भक्तपुरका २९२ जनामा पुष्टि भएका छन् ।

देशभर संक्रिय संक्रमितको संख्या १ लाख १० हजार २ सय ६३ पुगेको छ । ६ हजार ६ सय ४८ जना संक्रमणमुक्त  भएका छन् ।  आज १ सय ४५ जनाको मृत्यु भएको छ ।