सन्दीप र सागर आज चीन जादै


काठमाडौं । नेपाली राष्ट्रिय टोलीका क्रिकेटरद्वय सन्दीप लामिछाने र सागर ढकाल एसियन गेम्सका लागि आज चीन जाने भएको छ ।

अदालतमा मुद्दा विचाराधिन रहेकाले सन्दीप नेपाली टोलीसँगै चीन जान पाएका थिएनन् ।

ललित राजवंशी घाइते भएर एसियन गेम गुमाउने भएपछि सागर टिममा समावेश भएका थिए ।

भिषा समस्याका कारण सागर टिमसँग चीन जान पाएका थिएनन् ।

अदालतमा विचाराधिन मुद्दाको पेसी स्थगित भएपछि सन्दीप आज चीन जान लागेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

उनीहरु मध्यान्ह १२ बजेको फ्लाइटमार्फत चीन प्रस्थान गर्ने छन् ।

एसियन गेम्समा नेपालले बुधबार मंगोलिया र आउँदो आइतबार माल्दिभ्ससँग समूह चरणमा खेल्ने छ ।

ताजा समाचार

Related Articles