
निजगढ, (बारा)- बारा जिल्लाको निजगढ नगरपालिका वडा नं. १२ थलीस्थित अपाङ्गता भएकी ११ वर्सिया एक बालिकालाई बलात्कार गरेको आरोपमा सोही वडामा बस्ने मथली राना माईला भनेर चिनिएका ६० वर्सिया सोमबहादुर लुङ्ग्बालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनापछि फरार रहेका लुङ्वालाइ अस्थायी प्रहरी पोस्ट रतनपुरले निजगढ ११ स्थित आफन्तको घरमा लुकेर बसेको अबस्थामा हिजो राती करिब ९ बजे नियन्त्रणमा लिएको हो। स्थानीयले दिएको सुचनाको आधारमा प्रहरी लुङ्ग्बा लुकेर बसेको घरमा पुगेको थियो । उनलाई हाल ईलाका प्रहरी कार्यालय निजगढमा राखिएको छ।

बालिकाको घर नजिकै जजङ्गलमा बाख्रा गोठालो गएका लुङ्गबाले घरमा कोहि मान्छे नभएको मौका छोपेर शुक्रवार बालिकामाथी बलात्कार गरेका थिए ।
बालिकालाई गएराती उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछी हाल नारायणी उप क्षेत्रीय अस्पताल विरगन्जमा उपचार भैइरहेको र बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको निजगढ नगरपालिका १२ नं वडा अध्यक्ष ज्ञान बहादुर गोलेले जानाकारी दिनुभयो।

घटनाको समयमा बलिकाकी आमा गाउँमा आफन्तको घरमा गएकी थिइन । “घर आउँदा छोरी रगताम्य र अचेत अबस्थामा मझेरीमा छ्टपटाएकी रहिछन, आमाले भनिन, पछि बुझ्दै जाँदा अपराधिले कुकर्म गरेको रहेछ ।”
आमासँगै घरमा बस्दै आएकी बालिका जन्मदेखिनै हिंडन र बोल्न नसक्ने अवस्थाकी छिन। लुङ्गबाले प्रहरी समक्ष बालिका बलात्कारको स्वीकारोक्ती गरिसकेको निजगढ प्रहरीले जनाएको छ । लुङ्ग्बालाई म्याद थप गरि थप अनुसन्धान भैइरहेको प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले बताउनुभएको छ।


