
रौतहट १५ फागुन।।।
रौतहट जिल्ला अन्तर्गत माधव नारायण नगरपालिका वडा नं ६ माधोपुर टोलबाट सर्लाहीको मुसैलियामा जयन्ती जादै गरेको क्रममा मोटरसाइकल स्कार्पियो गाडीमा ठोकिँदा दुर्घटना परि दुई जना युवाको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुने माधव नारायण नगरपालिका वडा नं ६ माधोपुर निवासी रामकिशोर महतो नुनियाको २८ बर्षीय छोरा सियानन्दन महतो र सोही गाउँमा बस्ने बिरेन्द्र महतो नुनियाको २७ बर्षीय छोरा अजय महतोको सोमबार राति रौतहटबाट सर्लाही जादै गरेको क्रममा कैडेना र मुसैलिया भन्ने स्थानको बिचमा स्कार्पियो गाडीमा ठोकिँदा गम्भीर घाइते भएको थियो । घाइतेहरूलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा भइरहेको थियो। चिकित्सकको अनुसार दुबै युवकले अधिक रूपमा रक्सी सेवन गरेको समेत बताएका छन् तर त्यहाँ उपचार हुन नसकेर उपचारका लागि बिरगंज रेफर गरेको थियो। उपचारको क्रममा राति नै मृत्यु भएको थियो ।

