
चैत्र १४ रौतहट।
पाल्पा जिल्लामा कक्षा १२ अध्ययनरत एक युवतीलाई घाँटी रेटेर हत्या गरिएको छ। पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नं १ की ती युवतीको शव बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा घर नजिकै फेला परेको हो।
मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी १९ वर्षीया पद्मा ख्याहाको धारीलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा शव फेला परेको रिब्दीकोट गाउँपालिका –१ का वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । सो युवती स्थानीय स्कुल शारदा माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत ख्याहा मंगलवार दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी थिइन ।

