Uncategorized

एनआरएनए आईसीसी उप महासचिवमा सापकोटाले उम्मेदवारी दिदै

आशा लाग्दा सोमनाथ सापकोटा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) को आउँदो एघारौं महाधिवेशनमा २०२३ - २०२५ कार्यकालका लागि हुने निर्वाचनमा सोमनाथ...

नयाँबसपार्कस्थित सञ्चालित कान्तिपुर मल मा चाडपर्व अफर सुरु

काठमाडौँ । काठमाडौँको नयाँबसपार्कस्थित सञ्चालित कान्तिपुर मल मा चाडपर्व अफर सुरु भएसँगै ग्राहकको घुईँचो लाग्न थालेको छ । विगत १८ वर्षदेखि होमल्याण्ड इनभेष्टमेन्ट कम्पनीद्धारा सञ्चालित...

विश्वकप अघि भारतलाई झट्का, अक्सर पटेल खेल्न नसक्ने

काठमाडौँ । क्रिकेट विश्वकप अघि भारतलाई ठुलो झट्का लागेको छ । विश्वकप टिममा समावेश भएका अलराउन्डर अक्सर पटेल विश्वकपमा खेल्न नसक्ने भएका छन् । भारतीय...

एनआरएनए आईसीसी अध्यक्षमा रविना थापाको उम्मेदवारी दिदै

ललन राउत बरै काठमाडौं १२ असोज। गैर आवासीय नेपाली संघ (एनआरएनए आईसीसी ) को आसन्न ११ अेाें महाधिवेशनकालागि अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ।  विहिवार राजधानी काठमाण्डौंमा पत्रकार सम्मेलन गरि थापाले उक्त घोषणा  गर्नुभएको हो। रविना थापा हाल एनआरएनए आईसीसीको अधयक्ष हुनुहुन्छ । १० अेाें महाधिवेशनमा निर्वाचन हुन नसकेपछि अध्यक्ष पदका तिनै जना उम्मेदवारले अध्यक्षको रुपमा काम गर्ने सहमति भएको थियो।  पत्रकार  सम्मेलनमा बो्ैल्दै रविनाले  `एनआरएनए ग्लोबल फण्ड´को महत्वाकांक्षी कार्यक्रम घोषणा गर्नुभएको छ। `म नेतृत्वमा पुगे लगत्तै एनआरएनए ग्लोबल फण्ड स्थापना गरिनेछ´ - थापाले भन्नुभयो - ` जुन नेपाल र नेपालीको समृद्धि कोलागि सारथी मात्र होइन , संकट पर्दाको संजीवनी समेत हुनेछ।´ एनआरएनएको प्रत्येक सदस्यले गर्व महसुस गर्ने यो कोष गैर आवासीय नेपाली संघको सवैभन्दा ठूलो कोष हुने उहाँले बताउनुभयो । एनआरएनएको इतिहासमा पहिलो पटक अध्यक्ष महिलाको रुपमा छोटो अवधि काम गरेको आधारमा निर्वाचित भएर  १ कार्यकाल काम गर्न चाहेको उहाँको भनाई छ ।  `मैले ६ महिना कार्यकारी अध्यक्षको रुपमा काम गर्दा उल्लेखनीय काम गरेको छुँ´ - थापाले भन्नुभयो - `१ कार्यकाल पूर्ण अवधि काम गर्न पाएमा संघलाई  जिवन्त र गतिशील ढंगले अघि बढाउने र विदेशमा वस्ने प्रत्येक नेपालीले अपनत्व महसुस हुने वातावरण वनाईनेछ। ´ आफ्नो कार्यकालमा केही महत्त्वपूर्ण उपलब्धि भएको ,गैर आवासीय नेपाली नागरिकतालागि संसद र नेपाल सरकारले महत्त्वपूर्ण निर्णय गरेको , नवौं राष्ट्रिय खेलकुदमा पहिलोपटक  एनआरएनएको टिम सहभागी भई पदक समेत जितेको, संघको काठमाण्डौं स्थित कार्यालयको पूर्वाधार विकास, (लिफ्ट देखि घेरापर्खालसम्म) , अपाङ्ग मैत्री वनाएको, पोखरामा स्मार्ट शौचालय निर्माण शुरु गरिएको (चाँडै हस्तान्तरण हुने), बिरामीलाई रगत अभाव नहोस् भनेर घुम्ती रक्तसञ्चार बस ( Mobile Blood Bus ) शुरु गरिएको ( ३ प्रदेशमा चाँडै हस्तान्तरण हुने तयारीमा ) विदेशमा रहेका नेपालीलाई समस्या परेमा तत्काल जानकारी गराउन २४ सै घण्टा खुला रहने  हटलाइन सेवा शुरु गरिएको, संघको विधान पहिलोपटक सर्वसम्मतले पास गराएको, पदाधिकारी मै युवा र महिलाको प्रतिनिधित्व विधानमा सुनिश्चित भएको जस्ता कार्यविवरण सुनाउँदै थापाले सवै भन्दैजाँदा ठूलो फेहरिस्त हुने वताउनुभयो। गैर आवासीय नेपाली संघको अवको नेतृत्व समझदारी , सहकार्य र एकताको पक्षपाती हुनुपर्ने आवश्यकतामा जोड दिंदै थापाले यो संयोजनकारी भूमिकामा आफू नै उपयुक्त र सक्षम रहेको दावी गर्नुभयो।  निर्वाचनलाई भड्किलो वनाउन नहुनेमा जोड दिंदै आफू महाधिवेशन प्रतिनिधिले मात्र होइन, एनआरएनएका प्रत्येक पंजिकृत सदस्यले मतदान गर्न पाउनुपर्ने पक्षमा रहेको कुरा दोहोर्याउनुभयो।

चार किलो सुनसहित दोलखामा तीन जना पक्राउ

दोलखा । दोलखाको विगु गाउँपालिका-३ जामुनेआसपासबाट प्रहरीले चीनबाट अवैध रुपमा भित्रिएको चार किलो सुन बरामद गरेको छ । प्रहरीले बुधबार राति ४ किलो सुनसहित ३...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics