मौलापुर रौतहटबाट भारी मात्रामा पटाका पक्राउ

रौतहट ३० भाद्र।

बेवारिसे अवस्थामा रहेको पटाका मौलापुर इलाका प्रहरी द्वारा पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यलय मौलापुरको नेतृत्वमा खटिएका प्रहरी सहायक निरिक्षक प्रकाश चौहानको टोलीले मौलापुर बजार देखी २०० मिटर पूर्व तर्फ रहेको बसपार्कबाट बेवारिसे अवस्थामा रहेको नागिन छाप पटाका ५० पाता (२० बंडल) बरामद गरेका हुन् ।

खुल्ला सिमाना भएका भारतबाट नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा राखेको उक्त पटाका फेला पारी ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले बरामद गरेको हो। भारतबाट भन्सार छली गरेर बंकुल नाका हुदै मौलापुरमा ल्याई राखेको अवस्थामा उक्त पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको पटका जिल्ला भन्सार कार्यलय गौरमा पठाईको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छन्।

तिहारमा हुुन सक्ने सम्भावित अपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले हरेक वर्ष विशेष रणनीति नै अपनाउँछ ।जिउ-ज्यानकै जोखिम हुुने भन्दै सरकारले हरेक वर्ष तिहारमा पटाका पड्काउन समेत निषेध गर्दै आएको छ

ताजा समाचार

Related Articles