
भदौ ३० गते,
जनता समाजवादी पार्टी नेपाल पर्साले आज जगरनाथपुर गाउँपालिकामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सप्पन्न गरेको छ ! कार्यक्रम जनता समाजवादी पार्टी नेपाल पर्साको कार्यकारीणि समिति सदस्य जलेखा खातुनको अध्यक्षतामा समपन्न कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रेखा शाह, जसपा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचिव तबरेज अहमद, क्षेत्रीय सचीव उपेन्द्र बिन मुखिया, युवानेता सिकेन्द्र यादव, मुन्ना मिया लगायतको उपस्तिथि रहेको जानकारी जिल्ला सचीव अहमदले जानकारी गराए ! कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेसी जनताको हकहितलाई जहिले पनि अग्रणी स्थान राखेर जनता समाजवादी पार्टीले काम गरिरहेको बताउनु भयो ! बिगत झै बर्तमानमा पनि जनताको हक र अधिकारको लागि कहिले पछि नपर्ने र यसको लागी संगठनलाई सुदृढीकरण गर्दै लैजान पनि बताउनु भयो ! पार्टी का केन्द्रिय सद्स्य रेखा साहले जनता समाजवादी पार्टी नेपालको आन्दोलन नै हो कि काङ्ग्रेस र एमालेमा रहेका नेताहरूले सान्स्द, मन्त्री र पार्टी भित्र नै मधेसी कोटामा पार्टीका पद पाएका छ्न र पनि उल्टै मधेसी द्लहरुले के गर्ने भन्ने जस्ता कुतर्क गरिरहेको कुरा बताउनु भयो ! भेलाले आगामी शनिबार असोज ६ गते गाउँपालिका स्तरमा बृहत भेला गर्ने निर्णय गरेको छ! सोको लागि बृहत तयारीको लागि जलेखा खातुनको अध्यक्षतामा ७ सदस्यीय तयारी समिती गठन गरेको छ! समितिमा पाठा मिया, उपेन्द्र बिन मुखिया, फद महमद मिया, चान्द देवान, समसुलहक मिया र बबिता देबि रहेको जानकारी सचीव अहमदले जानकारी दिए ।


