
सर्लाही ०२ असोज।
सर्लाहीको बरहथवा बजारको विकास सम्बन्धि सर्वदलीय छलफल गरिएको छ । बरहथवा बजारका ब्यापारीको आयोजनामा मंगलबार बरहथवा-७ स्थित दास धर्मशालामा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका अर्थमन्त्री संजय कुमार यादव, बरहथवा नगरपालिका नगर उप प्रमुख रामबाबु साह, पुर्व नगर प्रमुख देवानन्द महतो, विभिन्न वडाका वडा अध्यक्ष, शिक्षक,ब्यापारी,किसान, समाजसेवीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले बरहथवाको शिक्षा,स्वास्थ्य,पुर्वाधार, कृषि, खेलकुद लगायतका विकासको लागि आआफ्ना प्रस्ताव तथा बिचार र सल्लाहसुझाव राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सहभागीहरुबाट आएका प्रस्ताव र सल्लाह सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।


