
ललन कुमार चौरसिया ।
रौतहट २३ मंसिर।।
रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नं ७ टोल लौकाहामा आज करेन्ट लागेर एक पुरुष र गोरुका मृत्यु भएको छ ।
शनिवार बिहान आफ्नो खेतमा हलो जोतिरहेका स्थानीय बैजुलाल पण्डितको करेन्ट लागेर मृत्यु भएको हो । उनीसँगै करेन्ट लागेर एउटा गोरुको पनि मृत्यु भएको छ ।
लौकाहा गाउँको छेउमा रहेको खेतमा हलो जोतिरहेका बेला खेतमै झरेको ११ हजार भोल्टको तारबाट लागेको करेन्टले पण्डित र गोरुको मृत्यु भएको स्थानीयहरूले बताएका छन्।
घटना बिहानै भएपनि जिल्ला प्रहरी कार्यालय रौतहटको टोली केहि बेर अघि मात्र घटनास्थलमा पुगेर मुचूल्का बनाई पोष्टमार्टमका लागि शवलाई प्रादेशिक अस्पताल गौर लैजाने तयारी गरिरहेको स्थानीयहरूले जनाएँका छन्।

